Ezekiel 33:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँ तिनीहरूको लागि प्रेमको गीत गाएर वा वीणा बजाएर मनोरञ्‍जन गराउने मानिसभन्दा अरू बढी केही छैनस्। तिनीहरूले तेरा कुरा त सुन्‍छन् तर एउटै पनि पालन गर्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँ त तिनीहरूका निम्‍ति प्रेमको गीत गाउने सुरिलो सोर भएको गायक होस्, जो राम्रोसित बाजा बजाउँछ। तैंले भनेका कुरा त तिनीहरूले सुन्‍छन्, तर तीबमोजिम गर्दैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निश्‍चय नै तैँले तिनीहरूका निम्ति मिठो सोरले प्रेमको गीत गाउँछस् र राम्रो गरी बाजा बजाउँछस्; किनकि तिनीहरूले तेरा कुरा सुन्छन्, तर त्यसअनुसार व्यवहार गर्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
“‘तिमी यिनीहरूको दृष्टिमा प्रेमका गीतहरू गाउने गायक भन्दा अधिक छैनौ। तिम्रो स्वर राम्रो छ। तिमी आफ्नो बाजाहरू राम्रो बजाउँछौ। उनीहरूले तिम्रो वचन सुन्छन् तर त्यो अनुसार गर्दैनन् जुन तिमी भन्छौ।