Ezekiel 33:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यदि पहरेदारले शत्रु आएको देखेर पनि चेतावनी दिएन र शत्रु आएर कुनै एउटै मानिसलाई मार्‍यो भने पनि त्‍यो त आफ्‍नो पापमा मर्छ नै तर त्‍यसको मृत्‍युको निम्‍ति म त्‍यस पहरेदारलाई जिम्‍मेवार ठान्‍नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि तरवार आइरहेको देखेर पनि त्‍यस पहरादारले मानिसहरूलाई चेताउनी दिनलाई तुरही बजाएन, र तरवार आएर कुनै एक जनाको ज्‍यान लियो भने, त्‍यो मानिसचाहिँ आफ्‍नै पापको कारण लगिनेछ, तर म त्‍यस पहरादारलाई नै त्‍यसका रगतको जवाफदेही तुल्‍याउनेछु’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि पहरेदारले तरवार आएको देखेर तुरही फुक्दैन, र मानिसहरूले चेतावनी पाउँदैनन्; अनि त्यो तरवार आएर तिनीहरूमध्ये एक जनाको प्राण लियो भने त्यो मानिसचाहिँ आफ्नो अधर्मको कारण लगिनेछ; तर म त्यसको रगतको दोषको जिम्मेवार त्यस पहरेदारलाई ठहराउनेछु।’
Nepali ERV (पवित्र बाइबल)
“‘तर हुनसक्छ त्यो प्रहारीले शत्रुको सैनिक आउँदै गरेको देखेर पनि तुरही बजाएन। त्यस प्रहारीले मानिसहरूलाई चेताउनी दिएन शत्रुले तिनीहरूलाई कैदी बनाएर लैजान्छ र तिनीहरू बीचका एक मानिसलाई मार्छे। त्यो मानिस मारिनेछ किनभने उसले पाप गरेकोछ। तर प्रहारी पनि त्यो मानिसको मृत्युका निम्ति जिम्मेवारी हुनेछ।’