Ezekiel 33:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब ए मरणशील मानिस, म तँलाई इस्राएल जातिको लागि पहरेदार खटाउँछु। मैले दिएका चेतावनीहरू ध्यान दिएर तैँले तिनीहरूलाई सुनाउनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, मैले तँलाई इस्राएलका घरानाको पहरादार तुल्याएको छु। यसैले मैले भनेको कुरा सुन्, र तिनीहरूलाई मबाट चेताउनी दे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, मैले तँलाई इस्राएलको घरानाको निम्ति पहरेदार तुल्याएको छु; यसकारण मैले भनेको वचन सुन् र तिनीहरूलाई मबाट चेतावनी दे।
Nepali ERV (पवित्र बाइबल)
“अब हे मानिसको छोरो, म तिमीलाई इस्राएलका घरानाको प्रहारी छान्दैछु। यदि तिमीले मेरो मुखबाट केही सन्देश सुन्यौ भने तिमीले मानिसहरूलाई चेताउनी दिनुपर्छ।