Ezekiel 33:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै दुष्ट मानिस मर्नेछ भनेर मैले भनें तर तैँले चाहिँ त्यसलाई आफ्नो चालचलन फेरेर ज्यान बचाउन चेतावनी दिइनस् भने त्यो दुष्ट त पापमै मर्नेछ तर म त्यसको मृत्युको निम्ति तँलाई जिम्मेवार ठहराउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब म दुष्ट मानिसलाई भन्छु, ‘ए दुष्ट मानिस, तँ निश्चय नै मर्नेछस्,’ र यदि तैंले त्यसलाई आफ्नो चाल त्यागोस् भनेर चेताउनी दिएनस् भने’ त्यो दुष्ट मानिस आफ्नो पापको कारण मर्नेछ, र म तँलाई त्यसका रगतको जवाफदेही तुल्याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब म दुष्ट मानिसलाई, ‘हे दुष्ट मानिस, तँ निश्चय मर्नेछस्,’ भन्छु र तैँले त्यसलाई आफ्ना मार्गहरूबाट फर्काउनलाई भनिनस् भने त्यो दुष्ट मानिस आफ्नो पापको कारण मर्नेछ, र म तँलाई त्यसको रगतको दोषको जिम्मेवार ठहराउनेछु।
Nepali ERV (पवित्र बाइबल)
म तिमीलाई भन्न सक्छु, ‘यो पापी मानिस मर्नेछ।’ त्यस बेला तिमीले त्यो मानिसकहाँ गएर मेरा निम्ति त्यो चेताउनी दिनु पर्छ। यदि तिमीले त्यो मानिसलाई चेताउनी दिएनौं अनि उसको जीवन बद्लि गर्नु भनेनौ भने त्यो मानिस मर्नेछ किनकि त्यसले पाप गर्यो। तर म तिमीलाई त्यसको मृत्युको जिम्मवारी बनाउँनेछु।