Ezekiel 34:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म सार्वभौम परमप्रभु तिमीहरूको विरुद्धमा छु। म आफ्‍ना भेडाहरूलाई तिमीहरूका हातबाट खोस्‍नेछु र फेरि म कहिल्‍यै तिमीहरूलाई गोठालाहरू हुन र आफ्‍नै मात्रै वास्‍ता गर्न दिनेछैन। म मेरा भेडाहरूलाई तिमीहरूका हातबाट छुटाउनेछु र तिमीहरूको खाने शिकार हुन दिनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म गोठालाहरूका विरुद्धमा छु, र तिनीहरूले मेरो बगालको लेखा दिनुपर्नेछ। म ती गोठालाहरूलाई बगालको हेरचाह गर्नदेखि हटाइदिनेछु, ताकि गोठालाहरूले अब आफैलाई पोस्‍याउन नपाऊन्‌। म तिमीहरूका मुखबाट मेरा बगाललाई बचाउनेछु, र मेरा भेड़ाहरू तिनीहरूका निम्‍ति भोजन हुनेछैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हेर, म गोठालाहरूको विरुद्धमा छु; अनि म मेरा बगालका निम्ति तिनीहरूलाई जिम्मेवार ठहराउनेछु। म तिनीहरूलाई बगालको हेरचाह गर्नबाट हटाउनेछु, ताकि गोठालाहरू आफैँले मात्र फेरि कहिल्यै खान पाउनेछैनन्। म मेरो बगाललाई तिनीहरूका मुखबाट छुटाउनेछु; अनि अब उसो भेडाहरू गोठालाहरूका भोजन हुनेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “म ती गोठालाहरूको विरूद्धमा छु। मेरो भेडाहरूको लागि तिनीहरूलाई उत्तरदायी ठहर्याउँछु। अब उसो म उनीहरूलाई गोठाला हुन दिँदिन। त्यसपछि गोठालाहरूले आफ्नो पेट भर्नु पनि पाउँदैनन्। म तिनीहरूको मुखबाट आफ्नो भेडाहरू बचाउनेछु। तब मेरा भेडाहरू उनीहरूको भोजन बन्नेछैनन्।”