Ezekiel 34:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसरी गोठालोले आफ्ना छरपष्ट भएका भेडाहरूलाई एकसाथ बटुलेर जतन गर्दछ, त्यसरी नै म मेरा भेडाहरूको जतन गर्नेछु। तिनीहरू अन्धकार र विपत्तिको दिनमा छरपस्ट भई जुन-जुन ठाउँमा गएका थिए, म तिनीहरूलाई ती ठाउँबाट फर्काई ल्याउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी आफ्नो बगाल यताउता छरपष्ट हुँदा गोठालाले भेड़ाहरूलाई खोज्न जान्छ, त्यसरी नै म मेरा भेड़ाहरूलाई खोज्नेछु। अँध्यारो धुम्मिएको दिनमा छरपष्ट भएका सबै ठाउँहरूबाट म तिनीहरूलाई बचाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी भेडाहरूसँगै हुँदा गोठालाले आफ्ना छरपस्ट भएका भेडाहरूको हेरचाह गर्छ, त्यसरी नै म मेरा भेडाहरूको हेरचाह गर्नेछु। म तिनीहरूलाई बादल लागेको र अन्धकारको दिनमा तिनीहरू छरपस्ट भएका सबै ठाउँहरूबाट बचाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै गोठाला आफ्नो भेडासँग त्यस समयमा छ, जब उसको भेडा टाढा जान थाल्यो भने उसलाई खोज्न म जान्छु। यस्तै प्रकारले म आफ्नो भेडाहरूको खोजी गर्नेछु। म आफ्नो भेडालाई बचाउँनेछु म उनीहरूलाई त्यो ठाँउबाट फर्काएर ल्याउँछु जहाँबाट अँध्यारो अनि धुम्मिएको दिनमा तितर-बितर भएका थिए।