Ezekiel 34:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिनीहरूलाई देश-विदेशबाट निकाली एक साथ जम्‍मा गर्नेछु र तिनीहरूको आफ्‍नै देशमा फर्काई ल्‍याउनेछु। फेरि म तिनीहरूलाई इस्राएलका डाँडा र खोलाहरूमा पुर्‍याउनेछु र हरियो-हरियो चरनमा चराउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिनीहरूलाई जाति-जातिहरूबाट निकालेर ल्‍याउनेछु, र देश-देशबाट भेला गर्नेछु। म तिनीहरूलाई तिनीहरूको आफ्‍नै देशमा ल्‍याउनेछु। म तिनीहरूलाई इस्राएलका पहाड़हरूमा, त्‍यसका खोल्‍साहरूमा र देशका सबै बस्‍तीहरूमा चराउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूलाई जातिहरूबाट निकालेर ल्याउनेछु, र विदेशी देशहरूबाट भेला गर्नेछु, अनि म तिनीहरूलाई तिनीहरूका आफ्नै देशमा ल्याउनेछु। म तिनीहरूलाई इस्राएलका पर्वतहरूमा खोलाहरूको किनारमा र देशका सबै बस्तीहरूमा चराउनेछु।
Nepali ERV (पवित्र बाइबल)
म तिनीहरूलाई ती राष्ट्रहरूबाट फर्काएर ल्याउँछु। म तिनीहरूलाई देशहरूबाट जम्मा गर्छु। म तिनीहरूलाई तिनीहरूको आफ्नो देशमा ल्याउँछु। इस्राएलको पर्वतहरूमा खोलाहरूको किनारमा, सबै ठाउँहरूमा जहाँ मानिसहरू बस्छन, म तिनीहरूलाई खुवाउँछु।