Ezekiel 34:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हराएकाहरूलाई म खोज्नेछु, बाटो बिराएकाहरूलाई फर्काई ल्याउनेछु, चोट-पटक लागेकाहरूलाई मलम-पट्टी गर्नेछु र बिरामी भएकाहरूलाई निको पार्नेछु तर मोटाएका र बलियाहरूलाई म नाश गर्नेछु किनभने म ठीक न्याय गर्ने गोठालो हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हराएकालाई म खोज्नेछु, बाटो बिराएकालाई फेला पारेर म ल्याउनेछु। घाइतेलाई म मलहमपट्टी लगाइदिनेछु, निर्बललाई बलियो पार्नेछु। तर मोटा, ताजा र बलियाहरूलाई म नष्ट पार्नेछु। बगालको हेरचाह न्यायसित गर्ने गोठालो म हुनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म हराएकाहरूलाई खोज्नेछु, र बाटो बिराएकाहरूलाई फर्काएर ल्याउनेछु। म घाइतेहरूलाई मलमपट्टी लगाइदिनेछु र कमजोरहरूलाई बलियो बनाउनेछु, तर म मोटाएका र बलिया गोठालाहरूलाई नष्ट गर्नेछु। म न्यायपूर्वक बगालको हेरचाह गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
“म हराएको भेडाको खोजी गर्नेछु। म ती भेडाहरूलाई फर्काएर ल्याउँछु जुन तितर-बितर भएका छन्। म ती भेडाहरू जसलाई चोट लागेकोछ मलम पट्टी लगाई दिन्छु। म कमजोर भेडालाई बलियो बनाउँछु। तर म ती मोटा अनि शक्तिशाली गोठालाहरूलाई नष्ट पारिदिन्छु। म तिनीहरूलाई दण्ड दिन्छु जसको तिनीहरू भागिदारछन्।”