Ezekiel 34:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूमध्ये कतिचाहिँ हरियो-भरियो घाँस खाएर पनि सन्तुष्ट भएका छैनौ, खाएर बाँकी रहेका चरण पनि अरूले नखाओस् भनेर कुल्ची-मिल्ची गर्छौ। तिमीहरू सफा पानी पिउँछौ र पिउन नसकेको पानी फोहोर पार्छौ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र भेड़ाहरू र बाख्राहरूका बीचमा न्याय गर्नेछु! के असल चरनमा चर्न पाएर पनि तिमीहरूलाई पुगेन? किन तिमीहरू बाँकी चरनलाई तिमीहरूका खुट्टाले कुल्चन्छौ? के स्वच्छ पानीले तिमीहरूलाई पुगेन? किन तिमीहरू अरू पानीलाई खुट्टाले हिलै-हिलो बनाउँछौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के असल खर्कमा चरेर तिमीहरूलाई पुगेन? के तिमीहरूले अरू बाँकी रहेका घाँसहरूलाई पनि आफ्ना खुट्टाले कुल्चीमिल्ची पार्ने? के स्वच्छ पानी पिएर तिमीहरूलाई पर्याप्त भएन? के तिमीहरूले बाँकी रहेको पानीलाई समेत धमिलो पार्ने?
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले राम्रो जमीनमा उम्रेको घाँसमा चर्न सक्छौ। यसकारण तिमीहरू त्यो घाँसलाई किन कुल्चिन्छौ जुन अर्को भेडाले खाने इच्छा गरेको हुन्छ। तिमीले पर्याप्त स्वच्छ पानी पिउन सक्छौ। यसकारण तिमीले रहेको पानी आफ्नो खुट्टाले किन मैला पार्छौ?