Ezekiel 34:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले भन्‍नुभयो, “ए मरणशील मानिस, इस्राएलका शासकहरूका विरुद्धमा बोल्। तिनीहरूलाई अगमवाणी सुना र म सार्वभौम परमप्रभुले के भन्‍दै छु, त्‍यो तिनीहरूलाई भन्। ए इस्राएलका गोठालाहरू हो, तिमीहरूको विनाश हुन्‍छ, तिमीहरू आ-आफ्‍नो मात्रै वास्‍ता गर्छौ तर भेडाहरूको चाहिँ वास्‍तै गर्दैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरा, इस्राएलका गोठालाहरूका विरुद्धमा यो अगमवाणी तिनीहरूलाई कहेर भन्‌: परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘धिक्‍कार, इस्राएलका गोठालाहरूलाई, जसले आफ्‍नै मात्र वास्‍ता गर्दछन्‌! के गोठालाले भेड़ाहरूको वास्‍ता गर्नुपर्ने होइन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, इस्राएलका गोठालाहरूको विरुद्धमा बोल्, र अगमवाणी गर्; अनि तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: धिक्‍कार इस्राएलका गोठालाहरूलाई, जसले आफ्नै मात्र वास्ता गर्छन्! के गोठालाहरूले बगालको हेरचाह गर्नुपर्ने होइन र?
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो! मेरा निम्ति इस्राएलको गोठालाहरूको विरूद्ध केही कुरा भन। तिनीहरूसित मेरो निम्ति बात गर। तिनीहरूलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘इस्राएलको गोठालाहरू, तिमीहरूले तिमीहरूका मात्र पेट भरिरहेकोछौ। यो तिमीहरूका निम्ति एकदमै नराम्रो हुनेछ। तिमी गोठालाहरूको पेट किन भरिदिँदैनौ?