Ezekiel 34:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिनीहरूसित सुख-शान्‍ति दिने करार बाँध्‍नेछु। देशका सबै खतरनाक जनावरहरू म हटाउनेछु र त्‍यसरी मेरा भेडाहरू निर्धक्‍कसाथ मैदानमा बास गर्नेछन् र जङ्गलमा सुत्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘म तिनीहरूसित शान्‍तिको करार बाँध्‍नेछु, र देशलाई जङ्गली जनावरहरूबाट छुटाउनेछु, ताकि तिनीहरू निर्धक्‍क भएर मरुभूमिमा बस्‍न र वनमा सुत्‍न पाऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘म तिनीहरूसित शान्तिको करार बाँध्नेछु, र देशलाई जङ्गली पशुहरूबाट मुक्त गरिदिनेछु, ताकि तिनीहरू मरुभूमिमा बसोबास गरून् र जङ्गलहरूमा सुरक्षितसाथ सुतून्।
Nepali ERV (पवित्र बाइबल)
“म आफ्नो भेडाहरूसँग शान्तिको करार बाँध्नेछु। म हानिकारक पशुहरूलाई देशबाट बाहिर निकाल्छु। तब भेडाहरू मरूभूमिमा सुरक्षित रहनेछ अनि जंगलमा सुत्नेछ।