Ezekiel 34:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रूखहरूले फल फलाउनेछन्, खेतबारीहरूले अन्‍न उब्‍जाउनेछन् र हरेक मानिस आफ्‍नै जमिनमा निर्धक्‍कसाथ बास गर्नेछ। मैले मेरा प्रजाका साङ्लाहरू चुँडाएर तिनीहरूलाई कमारा बनाउनेहरूका हातबाट छुटकारा दिंदा म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैदानमा भएका रूखहरूले फल दिनेछन्, जमिनले आफ्‍नो फसल दिनेछ, र मानिसहरू देशमा सुरक्षित हुनेछन्‌। तिनीहरूका जुवाका काठ भाँचेर तिनीहरूलाई कमारा तुल्‍याउनेहरूबाट मुक्त गर्दा म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
खेतका रूखहरूले आफ्ना फल दिनेछन्, र जमिनले आफ्नो अन्‍न उत्पन्‍न गर्नेछ; मानिसहरू आफ्नो देशमा सुरक्षित हुनेछन्। जब म तिनीहरूका जुवाका बारहरू भाँचिदिनेछु, र तिनीहरूलाई दासत्वमा लैजानेहरूका हातबाट छुटकारा दिनेछु, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।
Nepali ERV (पवित्र बाइबल)
खेतमा उम्रिने बृक्षले आफ्नो फल दिन्छ। भूमिले आफ्नो फसल दिन्छ। यसकारण भेडाहरू आफ्नो प्रदेशमा सुरक्षित रहनेछन। म तिनीहरूमाथि राखेको जुवा भाँचिदिन्छु। म तिनीहरूलाई ती मानिसहरूको शक्तिबाट बचाउँछु जसले तिनीहरूलाई दास बनाएकोछ। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।