Ezekiel 34:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू जातिहरूले फेरि तिनीहरूलाई लुट्‍नेछैनन् र तिनीहरू जङ्गली जनावरको शिकार बन्‍नेछैनन्। तिनीहरू निर्धक्‍कसाथ बास गर्नेछन् अनि कसैले तिनीहरूलाई भयभीत पार्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई जाति-जातिहरूले कहिल्‍यै लूटपीट गर्नेछैनन्, न त जङ्गली जनावरहरूले तिनीहरूलाई निल्‍नेछन्‌। तिनीहरू सुरक्षितसाथ बस्नेछन्, र तिनीहरूलाई कसैले डर देखाउनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू फेरि जातिहरूद्वारा लुटिनेछैनन्, न त जङ्गली पशुहरूले तिनीहरूलाई खानेछन्। तिनीहरू सुरक्षित बस्‍नेछन् र कसैले पनि तिनीहरूलाई डर देखाउनेछैन।
Nepali ERV (पवित्र बाइबल)
उनीहरू पशुहरू जस्तै भविष्यमा अन्य राष्ट्रहरूद्वारा बन्दी बनाईनेछन्। ती पशुहरूले तिनीहरूलाई खानेछैन। तर तिनीहरू अब भविष्यमा सुरक्षित रहनेछन। कसैले उनीहरूलाई आतंकित पार्ने छैन।