Ezekiel 34:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिनीहरूलाई मलिलो जमिन दिनेछु र देशबाट अनिकाल हटाइदिनेछु। तिनीहरूलाई फेरि अरू जातिहरूले खिसी गर्नेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिनीहरूलाई एउटा यस्‍तो देश दिनेछु, जो त्‍यसका अन्‍नको निम्‍ति प्रख्‍यात हुनेछ। तिनीहरू त्‍यस देशमा फेरि कहिल्‍यै अनिकालको शिकार हुनेछैनन्, अथवा जाति-जातिहरूको गिल्‍ला तिनीहरूले सहनुपर्नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूलाई अन्‍न फलाउनको निम्ति एउटा देश प्रदान गर्नेछु, र तिनीहरू फेरि पनि देशमा अनिकालको शिकार हुनुपर्नेछैन, न त जातिहरूको गिल्‍ला सहनुपर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
म उनीहरूलाई कुनै यस्तो भूमि दिन्छु जसमा एउटा राम्रो बगैंचा हुन्छ। तब उनीहरू त्यस देशमा भोकले पीडित हुनेछैनन। तिनीहरू भविष्यमा राष्ट्रहरूबाट अपमानित हुन पाउँदैनन्।