Ezekiel 34:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएल मेरो प्रजा हो र म तिनीहरूलाई रक्षा गर्दछु भनी हरेकले जान्‍नेछ। म सार्वभौम परमप्रभु बोलेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब म परमप्रभु तिनीहरूका परमेश्‍वर तिनीहरूका साथमा छु, र इस्राएलको घरानाचाहिँ मेरो प्रजा हो भनी तिनीहरूले जान्‍नेछन्, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ’। सर्वोच्‍च परमप्रभु घोषणा गर्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले म याहवेह तिनीहरूका परमेश्‍वर तिनीहरूसँग छु, र इस्राएलका मानिसहरू मेरा प्रजा हुन् भनी जान्‍नेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि उनीहरूले सम्झनेछन् कि म नै तिनीहरूका परमेश्वर परमप्रभु हुँ। तब उनीहरूले सम्झनेछन् कि म तिनीहरूसँग छु। इस्राएलका मानिसहरूले सम्झनेछन् कि ती मेरा मानिस हुन्!” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।