Ezekiel 34:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले कमजोर भेडाहरूलाई बलियो बनाएका छैनौ। बिरामीहरूलाई निको पारेका छैनौ, चोट परेकाहरूलाई मलम-पट्टी लगाएका छैनौ, बाटो बिराएकाहरूलाई फर्काई ल्याएका छैनौ र हराएकाहरूलाई खोजेका छैनौ। बरु तिमीहरूले निर्दयी व्यवहार पो गरेका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले दुर्बललाई बलिया पारेका छैनौ, बिरामीलाई निको पारेका छैनौ, घाइतेलाई मलहमपट्टी लगाइदिएका छैनौ। तिमीहरू बाटो बिराएकालाई बाटोमा ल्याएका छैनौ, हराएकालाई खोजेका छैनौ। तिमीहरूले तिनीहरूलाई निर्दयता र कठोरतासाथ शासन गरेका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले कमजोरहरूलाई बलिया पारेका छैनौ, रोगीहरूलाई निको पारेका छैनौ र घाइतेहरूलाई मलमपट्टी लगाइदिएका छैनौ। तिमीहरूले बाटो बिराएकाहरूलाई फर्काएर ल्याएका छैनौ, न त हराएकाहरूलाई खोजेका छौ। तिमीहरूले तिनीहरूमाथि कठोरता र क्रूरतासाथ शासन गरेका छौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले कमजोरी र दुब्लो भेडाहरूलाई बलियो बनाएनौ। तिमीले चोट लागेको भेडालाई पट्टी बाँधिदिएनौ। कति भेडाहरू भड्केर टाढो गए तर तिमीले त्यसको खोजी गरेनौ अनि फर्काएर ल्याएनौ। तिमी त्यो हराएको भेडाको खोजीमा गएनौ। अहँ, तिमी निष्ठुर अनि कठोर भयौ।