Ezekiel 34:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मेरा भेडाहरू अग्ला डाँडा र पहाडहरूहुँदो बरालिंदै हिंडे। संसारभरि तिनीहरू छरपष्ट भए र कसैले तिनीहरूलाई खोजेनन् वा सोधपुछ गरेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा भेड़ाहरू बाटो बिराएर पहाड़हरू र हरेक अल्गो डाँड़ामा गए। तिनीहरू सारा पृथ्वीभरि नै छरपष्ट भए, र कसैले तिनीहरूको खोजी अथवा सोधपूछ गरेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा भेडाहरू सबै पहाडहरूतिर र हरेक अग्ला पर्वततिर यताउता भौँतारिरहेका छन्। तिनीहरू सबै पृथ्वीभरि नै छरपस्ट भएका छन्; अनि तिनीहरूलाई कसैले पनि खोजी गरेका र वास्ता गरेका छैनन्।
Nepali ERV (पवित्र बाइबल)
मेरा सबै भेडाहरू बाटो बिराएर पर्वतहरू अनि हरेक अल्गो पहाडहरूमाथि गए। मेरा भेडाहरू पृथ्वी भरी बाटो बिराएर छरिए। कोही पनि त्यसको खोजी गर्ने थिएनन्।”‘