Ezekiel 34:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म जीवित परमेश्वर हुँ भन्ने स्वयम् साक्षी राखी भन्दछु, तिमीहरूले मेरा कुरा ध्यान दिएर सुन। गोठालो नहुनाले मेरा भेडाहरूलाई जङ्गली जनावरहरूले हमला गरी मारेर खाए। मेरा गोठालाहरूले भेडाहरूलाई खोज्ने कोसिस पनि गरेनन्। तिनीहरूले भेडाहरूको वास्ता नगरेर आफ्नै मात्र वास्ता गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु परमेश्वर भन्नुहुन्छ, जस्तो म जीवित छु, गोठाला नभएका कारण मेरो बगाल लुटिएर जङ्गली जनावरहरूको आहारा भएको छ। किनभने मेरा गोठालाहरूले मेरा बगालको खोजी गरेनन्, र भेड़ाहरूको त होइन, तर आफ्नै मात्र वास्ता गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ; मेरो बगाल असल गोठालो नभएको कारण लुटिएका छन्, र सबै जङ्गली पशुहरूका निम्ति आहारा भएका छन्; किनकि मेरा गोठालाहरूले मेरा बगालको खोजी गरेनन्, तर मेरो बगालको सट्टा आफ्नै निम्ति मात्र सोचे।
Nepali ERV (पवित्र बाइबल)
“म आफ्नो जीवनको शपथ खाएर तिमीलाई प्रतिज्ञा दिलाउँछु। जङ्गली पशुहरूले मेरा भेडाहरूलाई समाते। हो, मेरो भेडाहरू सबै जङ्गली पशुहरूको निम्ति भोजन बनिए। किन? किनभने तिनीहरूको साँचो गोठाला थिएनन्। मेरो गोठालाले मेरो बगालको खोजी गरेनन्। ती गोठालाले भेडाहरूलाई मार्यो अनि आफै खायो। त्यसले मेरो भेडाहरूको पेट भरिदिएन।”