Ezekiel 35:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म सार्वभौम परमप्रभु जीवित परमेश्वर हुँ भन्ने स्वयम् साक्षी राखी भन्दछु, तैँले मेरा प्रजाको विरुद्धमा राखेको रिस, ईर्ष्या, घृणाको निम्ति तँसित बदला लिनेछु। तिनीहरूका विरुद्धमा तैँले गरेका कामहरूको निम्ति मैले तँलाई दण्ड दिंदै छु भनी तिनीहरूले जान्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण, परमप्रभु परमेश्वर भन्नुहुन्छ, ‘जस्तो म जीवित छु, क्रोध र डाहा देखाई तैंले तिनीहरूलाई घृणा गरेर जे गरेको थिइस्, म पनि तँलाई त्यसै नै गर्नेछु। मैले तेरो न्याय गर्दा म आफूलाई तिनीहरूकहाँ प्रकट गर्नेछु। तब तैंले जान्नेछस्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, तैँले तिनीहरूप्रति आफ्नो घृणामा देखाएको रिस र डाहबमोजिम म तँसित व्यवहार गर्नेछु; अनि तेरो न्याय गर्दा म आफूलाई तिनीहरूको बीचमा चिनाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “तिमीले मेरो मानिसहरूको ईष्या गर्यौ। तिमी उनीहरू प्रति क्रोधित थियौ अनि तिमीले मलाई घृणा गर्थ्यौ। यसकारण आफ्नो जीवनको शपथ खाएर म प्रतिज्ञा गर्छु कि म तिमीलाई त्यसरी नै दण्डित गर्छु जसरी तिमीले उनीहरूलाई चोट पुर्यायौ। म तिमीलाई दण्ड दिन्छु अनि आफ्नो मानिसहरूलाई सम्झिन दिन्छु कि म उनीहरूसँग छु।