Ezekiel 35:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले हेलचेक्‍र्‌याइँ गरेर इस्राएलका पर्वतहरू उराठलाग्‍दा भए र ती नाश पारिनलाई मेरो हातमा परेको छ भनेको कुरा म परमप्रभुले सुनेको छु भनेर तैँले जान्‍नेछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कि म परमप्रभुले इस्राएलका पहाड़हरूका विरुद्धमा तैंले भनेका सबै निन्‍दाजनक कुरा सुनेको छु। तैंले भनिस्‌ “इस्राएलका पहाड़हरू उजाड़ भएका छन्, र ती खानलाई हामीलाई दिइएका छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तैँले जान्‍नेछस्, कि म याहवेहले इस्राएलका पर्वतहरूको विरुद्धमा तैँले भनेका सबै घृणित कुराहरू सुनेको छु। तैँले भनिस्, “तिनीहरू उजाड पारिएका छन्, र हाम्रा भोजन हुनका निम्ति तिनीहरू सुम्पिएका छन्।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि तिमीले पनि सम्झनेछैनौ कि मैले तिम्रो सबै अपमानहरू सुनें। तिमीले इस्राएल पर्वतको विरूद्ध धेरै नराम्रो कुराहरू भन्यौ। तिमीले भन्यौ, ‘इस्राएल नष्ट भएर गयो! हामीहरू त्यसलाई खाने कुरा जस्तो चबाउँछौ।’