Ezekiel 35:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसरी मेरो निज धन इस्राएलको विनाश हुँदा तँ रमाएको थिइस्, त्यसरी नै संसार तँलाई देखेर रमाउनेछ। सेइर पर्वतहरू, सम्पूर्ण एदोम देश उजाड हुनेछ। तब परमप्रभु म नै हुँ भनी हरेकले जान्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका घरानाको उत्तराधिकार उजाड़ हुँदा तैंले रमाहट गरिस्। यसैकारण म पनि तँसित त्यस्तै व्यवहार गर्नेछु। हे सेइर पर्वत, तँ, सारा एदोमसमेत उजाड़ हुनेछस्। तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन्’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि इस्राएलको उत्तराधिकार उजाड हुँदा तँ रमाइस्, म पनि तँसित त्यस्तै व्यवहार गर्नेछु। हे सेइर पर्वत, तँ र सम्पूर्ण एदोम उजाड हुनेछस्। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
तिमी त्यति बेला प्रसन्न थियौ जति बेला इस्राएल देश नष्ट भएको थियो। म तिमीसित त्यस्तै व्यवहार गर्छु। सेइर पर्वत अनि एदोमको पुरा देश नष्ट गरिदिनेछु। त्यस बेला तिमीले सम्झनेछौ कि म परमप्रभु हुँ।”