Ezekiel 35:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म सार्वभौम परमप्रभु के भन्‍दछु, त्‍यहाँका मानिसहरूलाई यो सुना: हे एदोमका पर्वतहरू हो, म तिमीहरूका शत्रु हुँ, म तिमीहरूलाई उराठलाग्‍दो उजाड-स्‍थान बनाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हे सेइर पर्वत, म तेरो विरुद्धमा छु। म मेरो हात तँमाथि उठाउनेछु र तँलाई निर्जन र उजाड़ तुल्‍याइदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र त्यसलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे सेइर पर्वत, म तेरो विरुद्धमा आफ्नो हात पसार्नेछु, र तँलाई उजाड पारिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
त्यसलाई भन, ‘परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ “‘सेइर पर्वत, म तिम्रो विरूद्धमा छु। म तिमीलाई दण्ड दिन्छु म तिमीलाई उजाड र निर्जन बनाइदिन्छु अनि तिमी खाली हुनेछौ।