Ezekiel 35:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म सार्वभौम परमप्रभु जीवित परमेश्वर हुँ भन्ने स्वयम् साक्षी राखी भन्दछु, तेरो भागमा मरण छ र तँ उम्कनेछैनस्। तैँले हत्या गरेको अपराधको कारण हत्याले तँलाई पछ्याउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण परमप्रभु परमेश्वर भन्नुहुन्छ, जस्तो म जीवित छु, म तँलाई रक्तपातले सुम्पिदिनेछु, र त्यसले तेरो खेदो गर्नेछ। तैंले रक्तपात घृणा नगरेको कारण, रक्तपातले नै तेरो खेदो गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्दछु, म तँलाई रक्तपातको निम्ति दिनेछु, र त्यसले तँलाई खेद्नेछ। तैँले रक्तपातलाई घृणा नगरेको कारण रक्तपातले तँलाई खेद्नेछ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमप्रभु मेरा मालिक भन्नु हुन्छ, “म आफ्नो जीवनको शपथ खाएर म त्यो प्रतिज्ञा गर्छु कि म तिमीलाई रक्तपातगर्न सुम्पिदिनेछु। रगतले पछ्याउनेछ। तिमीलाई मानिसहरू मार्न घृणा लाग्दैन, यसकारण, रगत तिम्रो पछि लाग्नेछ।