Ezekiel 35:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म सेइरका पहाडी देशलाई ध्वस्त पार्नेछु र त्यहाँबाट भएर जानेहरूलाई एक-एक गरी मार्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सेइर पर्वतलाई म निर्जन र उजाड़ पार्नेछु, र आवतजावत गर्ने सबैलाई त्यसतिर जानदेखि म रोक्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म सेइर पर्वतलाई उजाड मरुभूमि पारिदिनेछु; अनि त्यसबाट भएर आउने र जाने सबैलाई नाश गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
म सेइर पर्वतलाई उजाड गरिदिन्छु। म ती प्रत्येक मानिसलाई मार्छु जो त्यो शहरबाट आउँछ अनि म त्यो प्रत्येक मानिसलाई मार्नेछु जो त्यो शहरमा जाने प्रयत्न गर्छ।