Ezekiel 35:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म सधैँभरिको निम्‍ति तँलाई उराठलाग्‍दो बनाउनेछु र तेरा सहरहरूमा कोही पनि फेरि बास गर्नेछैनन्। तब म नै परमप्रभु हुँ भनी तैँले जान्‍नेछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तँलाई सधैँको निम्‍ति उजाड़ तुल्‍याउनेछु। तेरा सहरहरूमा कोही बासिन्‍दा हुनेछैनन्‌। तब तैंले म नै परमप्रभु हुँ भनी जान्‍नेछस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तँलाई सदाको निम्ति उजाड पारिदिनेछु; तेरा सहरहरूमा कोही पनि बसोबास गर्नेछैनन्। तब तैँले म नै याहवेह हुँ भनी जान्‍नेछस्।
Nepali ERV (पवित्र बाइबल)
म तिमीलाई सधैंको लागि खाली गरिदिन्छु। तिम्रो शहरहरूमा कोही पनि हुनेछैन। त्यसपछि तिमीले सम्झन्छौ कि म नै परमप्रभु हुँ।”