Ezekiel 36:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म त्यहाँका मानिसहरूको सङ्ख्या बढाउनेछु। तिमीहरू सहरहरूमा बसोबास गर्नेछौ र ध्वस्त भएका सबै कुराहरू फेरि बनाउनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धेरै मानिसहरूको संख्याले म तिमीहरूलाई भरिभराउ पार्नेछु, अर्थात् इस्राएलका समस्त घरानालाई। सहरहरूमा फेरि मानिसहरू बास गर्नेछन्, र भग्नावशेष भएका भवनहरू फेरि निर्माण गरिनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि म तिमीहरूका अर्थात् इस्राएलका सबै मानिसहरूका संख्या बढाइदिनेछु। सहरहरूमा फेरि मानिसहरू बसोबास गर्नेछन्, र भग्नावशेषहरू पुनर्निर्मित हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीमाथि असंख्य मानिसहरू हुनेछन्। इस्राएलको सारा परिवार अनि सबै मानिसहरू त्यहाँ बस्नेछन्। शहरहरूमा मानिसहरू बस्नेछन्। नष्ट भएका नयाँ स्थान जस्तै बनाइनेछन्।