Ezekiel 36:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरू र पशुहरू दुवैको सङ्‍ख्‍या बढाउनेछु। तिमीहरूको सङ्‍ख्‍या अघिको भन्दा धेरै हुनेछ। अनि धेरै छोरा-छोरीहरू जन्‍मनेछन्। पहिलेको जस्‍तै त्‍यहाँ म तिमीहरूलाई बसोबास गर्न दिनेछु र पहिलेको भन्दा धेरै फलिफाप गराउनेछु। तब परमप्रभु म नै हुँ भनी तिमीहरूले थाहा पाउनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूका मानिसहरू र पशुहरूको वृद्धि गरिदिनेछु, र तिनीहरू फलवन्‍त भएर धेरै हुनेछन्‌। अघिजस्‍तै तिमीहरूमा म मानिसहरू बसाल्‍नेछु, र पहिलेको भन्‍दा अझ बढ़ी तिमीहरूको उन्‍नति गराउनेछु। तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूका मानिसहरू र घरेलु पशुहरूको संख्या बढाइदिनेछु; अनि तिनीहरू फलदायक भएर संख्यामा धेरै हुनेछन्। म विगतको समयमा झैँ इस्राएलका मानिसहरूलाई बसोबास गर्न दिनेछु; अनि तिमीहरूलाई पहिलेको भन्दा अझ बढी समृद्धि गराउनेछु। तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।
Nepali ERV (पवित्र बाइबल)
म तिमीलाई धेरै मानिसहरू अनि जनावरहरू दिनेछु। तिनीहरू बढनेछन् अनि त्यसका बच्चाहरू हुनेछन्। म पहिलो जस्तै मानिसहरू तिमीमा बस्नलाई ल्याउनेछु र तिम्रोलागि पहिले भन्दा अझ राम्रो गर्नेछु। तब तिमीले थाहा पाउनेछौ, म नै परमप्रभु हुँ।