Ezekiel 36:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे मेरा प्रजा इस्राएल, तिमीहरूलाई फेरि म स्‍वदेश फर्काई ल्‍याउनेछु। त्‍यो तिमीहरूको निज देश हुनेछ र त्‍यहाँ तिमीहरूका सन्‍तानहरू फेरि कहिल्‍यै अनिकालमा पर्नेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मानिसहरू, मेरा मानिसहरू, अर्थात्‌ इस्राएललाई तिमीहरूकै बाटाहरूमा हिँड्‌न लाउनेछु। तिनीहरूले तिमीहरूलाई अधिकार गर्नेछन्, र तिमीहरू तिनीहरूको उत्तराधिकार हुनेछौ। तिमीहरूले कहिल्‍यै तिनीहरूका छोराछोरीहरूलाई खोसेर लानेछैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म मानिसहरूलाई अर्थात् मेरा प्रजा इस्राएललाई तिमीहरूमाथि बसोबास गराउनेछु। तिनीहरूले तिमीहरूलाई अधिकार गर्नेछन्, र तिमीहरू तिनीहरूको उत्तराधिकार हुनेछौ; तिमीहरूले तिनीहरूका छोराछोरीहरूलाई फेरि कहिल्यै पनि खोसेर लानेछैनौ।
Nepali ERV (पवित्र बाइबल)
हो, म मेरो मानिस, इस्राएललाई तिम्रो जमीनमा डोह्रयाउनेछु। तिनीहरूले तिमीमाथि अधिकार गर्नेछन् अनि तिमी तिनीहरूका हुनेछौ। तिमीले तिनीहरूलाई फेरि कहिल्यै बाँझो देख्ने छैनौं।”