Ezekiel 36:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र भन्‍नुभयो, “ए मरणशील मानिस, जब इस्राएलीहरू आफ्‍ना देशमा बसोबास गर्दथे, तब आफ्‍ना जीवन र कामले त्‍यो देशलाई अपवित्र पारे। जसरी एउटा स्‍त्री मासिक-धर्म भएको बेला अशुद्ध हुन्‍छे, त्‍यसरी नै मैले आफ्‍नो दृष्‍टिमा त्‍यसको चालचलन, व्‍यवहार अशुद्ध ठहराएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरा, जब इस्राएलीहरू आफ्‍नै देशमा बसेका थिए, तब तिनीहरूले त्‍यस देशलाई आफ्‍नो व्‍यवहार र कामहरूले बिटुलो पारे। तिनीहरूको व्‍यवहार मेरो दृष्‍टिमा एक स्‍त्रीको रजस्‍वलाको अशुद्धताजस्‍तै थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, जब इस्राएलका मानिसहरू तिनीहरूका आफ्नै देशमा बसे, तिनीहरूले त्यसलाई आफ्ना चालहरू र कामहरूद्वारा अशुद्ध पारे। तिनीहरूका चाल मेरो दृष्‍टिमा स्त्रीको मासिक-स्रावको अशुद्धता जस्तै थियो।
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो! इस्राएलको परिवार आफ्नो देशमा बसेका थिए। मेरो लागि तिनीहरू रजस्वला भएका स्त्रीहरू जस्तै थिए। तिनीहरूको दुष्ट कामहरूको कारण अशुद्ध भए।