Ezekiel 36:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब म, सार्वभौम परमप्रभुको सन्‍देश इस्राएलीहरूलाई सुना। जहाँ-जहाँ तिमी, इस्राएलीहरू गयौ, त्‍यहाँत्‍यहाँ मेरो पवित्र नामको बेइज्‍जत गर्‍यौ। अब मैले जे गर्न लागेको छु, त्‍यो तिमीहरूको खातिर होइन तर मेरो पवित्र नामको खातिर हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसैकारण इस्राएलका घरानालाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हे इस्राएलका घराना हो, तिमीहरूकै खातिर म यी कामहरू गर्नेछैनँ, तर मेरो पवित्र नाउँको खातिर यी गर्नेछु, जुन नाउँलाई तिमीहरू गएका जाति-जातिहरूका बीचमा अपवित्र पारेका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण इस्राएलका मानिसहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे इस्राएलका मानिसहरू हो, तिमीहरूका खातिर मैले यी कुराहरू गर्न लागेको होइन, तर मेरो पवित्र नामको खातिर, जुन नाम तिमीहरू गएका जाति-जातिहरूका बीचमा तिमीहरूले अपवित्र पारेका छौ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण इस्राएलका घरानालाई भन कि परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, ‘हे इस्राएलका घराना हो, तिमी जहाँ पनि गयौ मेरो पवित्र नामको बद्नाम गर्यौ। अब म केही गर्न गइरहेछु। म यो तिम्रो निम्ति गर्दिनँ। इस्राएल, म यो आफ्नो पवित्र नामको खातिर गर्नेछु।