Ezekiel 36:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जुन नामलाई तिमीहरूले तिनीहरूका बीचमा बेइज्जत गर्यौ। त्यो उच्च नामको पवित्रता जाति-जातिहरूको बीचमा प्रकट गर्नेछु। तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्। म, सार्वभौम परमप्रभु बोलेको छु। म पवित्र छु भनी जाति-जातिलाई देखाउन तिमीहरूलाई प्रयोग गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मेरो महान् नाउँको पवित्रता देखाउनेछु, जो ती जातिहरूका बीचमा अपवित्र भएको छ, जुन नाउँ तिमीहरूले तिनीहरूका बीचमा अपवित्र पारेका छौ। जब म आफैलाई तिमीहरूद्वारा तिनीहरूका अगि पवित्र प्रकट गर्नेछु, तब जाति-जातिहरूले जान्नेछन्, कि म नै परमप्रभु हुँ, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म मेरो महान् नामको पवित्रता देखाउनेछु, जुन जातिहरूका बीचमा अपवित्र तुल्याइएको छ, त्यो नाम जसलाई तिमीहरूले तिनीहरूका बीचमा अपवित्र पारेका छौ। जब म आफूलाई तिमीहरूद्वारा तिनीहरूकै आँखाको सामु पवित्र प्रमाणित गर्नेछु, तब जाति-जातिहरूले म नै याहवेह हुँ भनी जान्नेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म ती राष्ट्रहरूलाई देखाउँछु कि मेरो महान नाम साँच्चै पवित्र छ। तब ती राष्ट्रहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ।”‘ परमप्रभु मेरा मालिकले यसो भन्नु भएको थियो।