Ezekiel 36:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई अपवित्र गर्ने सबै थोकबाट म तिमीहरूलाई जोगाउनेछु। म तिमीहरूका अन्‍नबाली प्रशस्‍त फल्‍नलाई आज्ञा गर्नेछु र तिमीहरूले फेरि अनिकालको सामना गर्नुपर्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूलाई अशुद्ध पार्ने सबै कुरादेखि म तिमीहरूलाई जोगाउनेछु। म आज्ञा दिनेछु, र अन्‍न प्रशस्‍त हुनेछ, र म तिमीहरूमाथि फेरि कहिल्‍यै अनिकाल पठाउनेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई तिमीहरूका सबै अशुद्धताबाट बचाउनेछु। म अन्‍नलाई धेरै फल्न लगाउनेछु, र तिमीहरूमाथि अनिकाल ल्याउनेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भन्नुभयो, “म तिमीहरूलाई बचाउँछु अनि तिमीहरूलाई अशुद्ध हुनबाट पनि जोगाउँछु। म अन्नलाई उम्रनको लागि आज्ञा दिन्छु। म तिमीहरूको विरूद्ध अनिकाल ल्याउँने छैन।