Ezekiel 36:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब अगमवाणी बोल् र म सार्वभौम परमप्रभुले के भन्‍दै छु, त्‍यो तिनीहरूलाई सुना: जब छिमेकी जातिहरूले इस्राएलका डाँडाहरू अधीन गरेर लुटी इस्राएलको खिल्‍ली उडाएका थिए,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण अगमवाणी कहेर भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तिनीहरूले तिमीहरूलाई हरेक ठाउँबाट बरबाद गरेर कुकुरहरूले जस्‍तै खेदे, फलस्‍वरूप तिमीहरू अरू बाँकी जातिहरूको अधिकारमा परेर मानिसहरूका ईर्ष्‍या र निन्‍दाका पात्र भयौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण अगमवाणी गरेर भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: किनकि तिनीहरूले तिमीहरूलाई चारैतिरबाट नष्‍ट गरेर लखेटे; यसरी तिमीहरू बाँकी रहेका जातिहरूका अधिकारमा पर्‍यौ र मानिसहरूका डाह र गिल्‍लाको पात्र भयौ।
Nepali ERV (पवित्र बाइबल)
“यसकारण मेरो लागि इस्राएलको पर्वतहरूलाई भन। भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘शत्रुले तिमीलाई उजाड बनायो। उनीहरूले तिमीलाई चारै तिरबाट कुल्चियो। उनीहरूले यस्तो गरे यसकारण तिमी अरू राष्ट्रको अधिकारमा गयौ। तब तिम्रो बारेमा मानिसहरूले कुरा अनि कानेखुसी गरे।”‘