Ezekiel 36:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूका रूखका फलहरू र खेतबारीहरूका उब्जनी बढाउनेछु र फेरि अनिकाल परेर तिमीहरू अरू जातिहरूका सामुन्ने लाजमा पर्नुपर्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म रूखहरूका फललाई र खेतको अन्नलाई प्रशस्त तुल्याउनेछु, यतिसम्म कि अनिकालले गर्दा जातिहरूका बीचमा तिमीहरू फेरि कहिल्यै शर्ममा पर्नेछैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म रूखहरूका फलहरू र खेतका अन्नहरू वृद्धि गराउनेछु, ताकि अनिकालको कारण जातिहरूका बीचमा तिमीहरूले फेरि पनि अपमान सहनु नपरोस्।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूको रूखहरूमा ज्यादा भन्दा ज्यादा फल अनि खेतमा धेरै अन्न उमारिदिन्छु। त्यसपछि तिमी अरू देश झैं भोकै बस्ने लाज फेरि कहिल्यै अनुभव गर्नेछैनौ।