Ezekiel 36:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए इस्राएल, तैँले यो जान्नुपर्छ कि यी सबै कुरा मैले तेरो खातिर गरेको होइन तर तेरो कुकर्मले ल्याएको लज्जा र बेइज्जत तैँले थाहा गरेको म चाहन्छु। म, सार्वभौम परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूकै खातिर मैले यी काम गरिरहेको होइनँ भन्ने कुराचाहिँ तिमीहरूले बुझेको म चाहन्छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ। हे इस्राएलका घराना हो, तिमीहरूका चालचलनको कारण तिमीहरू लज्जित र अपमानित होओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले यो कुरा तिमीहरूको खातिर गरिरहेको छैनँ भन्ने कुरा तिमीहरूले जान्न सक भन्ने म चाहन्छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। हे इस्राएलका मानिसहरू हो, आफ्ना चालचलनहरूका निम्ति शर्ममा पर, र लज्जित होओ!
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म चाहन्छु कि तिमी यो याद राख मैले तिमीहरूको भलाईका निम्ति यो काम गरेको होइन। म त्यो आफ्नो राम्रो नामको निम्ति गर्दैछु। इस्राएलको परिवार, तिमीहरू आफ्नो बस्ने ढुङ्गमा लज्जित अनि व्याकुल हुनु पर्ने।”