Ezekiel 36:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जुन जमिन एक समय उजाड जङ्गल भएको थियो, कसरी अब अदनको बगैंचाझैँ बनेको छ; ती सहरहरू, जुन भत्काइएर लुटपिटमा परी ध्वस्त अवस्थामा त्यागिएका थिए, कसरी अब सुरक्षित भई मानिसहरू बसोबास गर्न लागेका छन् भनी सबैले उदेक मान्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरूले भन्नेछन्, “यो जमिन जो उजाड़ थियो, अब अदनको बगैँचाजस्तै भएछ। ती उजाड़, सर्वनाश, र ध्वंस भएका सहरहरू अब किल्लाहरू र मानिसहरूले भरिएका छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले भन्नेछन्, “यो उजाड भएर लडिरहेको जमिन अदनको बगैँचाजस्तै भएको छ; भग्नावशेष अवस्थामा भएका, उजाड र सर्वनाश गरिएको अवस्थामा लडिरहेका सहरहरू अहिले सुरक्षित र बसोबास गरिएका छन्।”
Nepali ERV (पवित्र बाइबल)
उनीहरूले भन्नेछन्, ‘बितेको दिनमा यो देश नष्ट भएको थियो। तर अब यो अदनको बगैंचा जस्तो भएकोछ। त्यो सर्वनाश अनि उजाड थियो, तर अब त्यो सुरक्षित भयो अनि त्यसमा मानिसहरू बस्छन्।”‘