Ezekiel 36:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसरी अघि एकपल्‍ट यरूशलेम चाड-बाडमा बलि चढाइने पशुहरूले भरिभराउ थियो, त्‍यसरी ध्‍वस्‍त भएका सहरहरू फेरि मानिसहरूले भरिनेछन्। तब परमप्रभु म नै हुँ भनी तिनीहरूले जान्‍नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिनीहरूलाई यरूशलेममा तोकिएका चाड़हरूमा भेटीहरू चढ़ाइने भेड़ाहरूका बगाल जत्तिकै असंख्‍य तुल्‍याउनेछु। यसरी भग्‍नावशेष बनेका सहरहरू मानिसहरूका भीड़ले भरिनेछन्‌। तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तोकिएका चाडहरूको समयमा भेटीको रूपमा यरूशलेममा ल्याइएका बगालहरूजस्तै संख्यामा धेरै बढाउनेछु। यसरी भग्नावशेष अवस्थामा रहेका सहरहरू मानिसहरूका भीडले भरिनेछन्। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
यरूशलेममा विशेष चाडहरूको अवसरमा पवित्र बनाएको भेडा अनि बाख्राहरू भरिने छ। यस्तै प्रकारले शहरहरू अनि नष्ट भएका भूमिहरू मानिसको भीडले भरिन्छ। त्यतिबेला मानिसहरूले सम्झनेछन् म परमप्रभु हुँ।”