Ezekiel 36:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पर्वतहरू र डाँडाहरू, खोला-नालाहरू र बेसीहरू, ध्‍वस्‍त पारी छोडिएका जग्‍गाहरू र चारैतिरका जातिहरूद्वारा लुटपिट भएर हाँसोको पात्र भई निर्जन भएका सहरहरूलाई अब म सार्वभौम परमप्रभु के भन्‍दछु, त्‍यो सुन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण हे इस्राएलका पहाड़हरू हो, परमप्रभु परमेश्‍वरको वचन सुन। पहाड़हरू र डाँड़ाहरू, खोल्‍साहरू र बेँसीहरू, उजाड़ भएका भग्‍नावशेषहरू र निर्जन सहरहरू, जसलाई तिमीहरूका चारैतिर भएका जातिहरूद्वारा हाँसोमा उड़ाएका थिए—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हे इस्राएलका पर्वतहरू हो, प्रभु याहवेहको यो वचन सुन: प्रभु याहवेह यसो भन्‍नुहुन्छ, तिमीहरूका चारैतिरका बाँकी रहेका देशहरूद्वारा डाह र गिल्‍ला गरिएका, लुटिएका, त्यागिएका सहरहरूलाई, पर्वतहरू र डाँडाहरूलाई, खोल्साहरू र बेँसीहरूलाई र उजाड भग्नावशेषहरूलाई;
Nepali ERV (पवित्र बाइबल)
यसकारण, हे इस्राएलका पर्वतहरू हो! परमप्रभु मेरा मालिकको वचन सुन। परमप्रभु मेरा मालिक पर्वतहरू, डाँडाहरू, धाराहरू, बेंसीहरू, खोल्साहरू, उजाड भएका भग्नावेशषहरू अनि छोडिएको शहरहरू जुन चारैतिरबाट अरू राष्ट्रहरूद्वारा लुटिएको अनि हाँसो उडाएको छ भन्छन्।