Ezekiel 36:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म सार्वभौम परमप्रभु मेरो रिसको झोकमा वरिपरिका जातिहरू विशेषगरी एदोमको विरुद्धमा बोलेको छु। तिनीहरूले खिसी गर्दै हेलचेक्र्याइँसाथ मेरो देश कब्‍जा गरे र त्‍यसका चरनहरू हात पारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूलाई नै परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मेरो दन्‍केको जोशमा मैले अरू बाँकी जातिहरू र एदोमका विरुद्धमा बोलेको छु, किनकि आफ्‍नो हृदयमा ईर्ष्‍या राखेर तिनीहरूले मेरो देशलाई आफ्‍नो अधिकार गरे, ताकि तिनीहरूले त्‍यसका खर्क लुट्‌न सकून्‌।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मेरो बल्दो जोशमा बाँकी रहेका जातिहरूको विरुद्धमा र एदोमको विरुद्धमा मैले बोलेको छु; किनकि तिनीहरूका आफ्ना हृदयमा उल्‍लास र डाह लिएर तिनीहरूले मेरो देशलाई आफ्नो बनाए, ताकि तिनीहरूले त्यसका खर्कहरू लुट्न सकून्।’
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरा मालिक भन्नुहुन्छ ‘म सबै बाँकी रहेका राष्ट्रहरू र सबै एदोमकाहरूको विरूद्ध मेरो तीव्र ईच्छा र अनुभव मेरो पक्षमा बोलोस् तिनीहरूले मेरो देश आफ्नो लागि लिए अनि त्यस समयमा तिनीहरूको हृदय खुशी थियो। तिनीहरूले मेरो भूमिलाई यति साह्रो घृणा गरे कि तिनीहरूले यसलाई लुटिनु पर्ने जग्गाको रूपमा हेरे।”