Ezekiel 36:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यसकारण इस्राएल देशलाई अगमवाणी सुना। डाँडाहरू, पर्वतहरू, खोला-नालाहरू र बेसीहरूलाई म सार्वभौम परमप्रभुले के भन्दै छु, त्यो सुना। म मेरो बल्दो रिसमा यी वचन भन्दै छु किनभने ती जातिहरूले तिनीहरूलाई बेइज्जत गरी होच्याएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण इस्राएल देशको विषयमा अगमवाणी भन्, र त्यसका पहाड़हरू र डाँड़ाहरू, खोल्साहरू र बेँसीहरूलाई भन्: ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरूले जातिहरूका गिल्ला सहनुपरेको हुनाले मैले डाही गरेर मेरो रीसमा म भन्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण इस्राएल देशको बारेमा अगमवाणी गरेर पर्वतहरू, डाँडाहरू, खोल्साहरू र बेँसीहरूलाई भन्: ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: हेर, म आफ्नो डाही क्रोधमा बोल्छु; किनकि तिमीहरूले जातिहरूको गिल्ला सहेका छौ।
Nepali ERV (पवित्र बाइबल)
“यसकारण, इस्राएल देशको विषयमा यसो भन। पर्वतहरू, पहाडहरू, खोलाहरू, अनि बेंसीहरूलाई यसो भन कि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, ‘म आफ्नो डाह अनि क्रोधलाई मेरो आफ्नो निम्ति बोल्न दिनेछु। किनभने यी राष्ट्रहरूबाट तिमीले अपमानको पीडा अनुभव गरेकाछौ।”‘