Ezekiel 37:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले मलाई भन्नुभयो, “ए मरणशील मानिस, इस्राएलका मानिसहरू यी हाडहरूजस्ता छन्, तिनीहरू भन्छन्: ‘हामी सुकिसक्यौं, हामीलाई केही आशा छैन, हाम्रो भविष्य छैन।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरा, यी हाड़हरू जम्मै इस्राएलको घराना हो। तिनीहरू भन्छन्, ‘हाम्रा हाड़हरू सुकिसके, र आशा नै हरायो। हामी त्यागियौ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँले मलाई भन्नुभयो: “हे मानिसको छोरा, यी हड्डीहरू इस्राएलका मानिसहरू हुन्। तिनीहरू भन्छन्, ‘हेर, हाम्रा हड्डीहरू सुकिसकेका छन्, र हाम्रा सबै आशाहरू हराइसकेका छन्; हामी अलग भएका छौँ।’
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि परमप्रभु मेरा मालिकले मलाई भन्नुभयो, “हे मानिसको छोरो! यी हाडहरू इस्राएलको पुरै घराना जस्तै हुन। इस्राएलका मानिसहरू भन्छन्, ‘हाम्रो हाडहरू सुकेका छन् हाम्रो आशा समाप्त भयो। हामी पूर्ण रूपले नष्ट गरिएकाछौ।’