Ezekiel 37:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मेरा प्रजा इस्राएललाई अगमवाणी गरेर भन् कि म सार्वभौम परमप्रभुले तिनीहरूका चिहानहरू खोलिदिनेछु र तिनीहरूलाई त्‍यहाँबाट निकालेर इस्राएल देशमा नै ल्‍याउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण अगमवाणी कहेर तिनीहरूलाई भन्‌: परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: हे मेरा प्रजा, म तिमीहरूका चिहानहरू खोलेर तीबाट तिमीहरूलाई बाहिर निकाल्‍नेछु। म तिमीहरूलाई इस्राएलका देशमा फेरि ल्‍याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण अगमवाणी गरेर तिनीहरूलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे मेरा मानिसहरू हो, मैले तिमीहरूका चिहानहरू खोल्नेछु, र तिमीहरूलाई ती चिहानहरूबाट बाहिर निकाल्नेछु। म तिमीहरूलाई इस्राएल देशमै फेरि ल्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
यसकारण उसित मेरो निम्ति कुरा गर। उसलाई भन परमप्रभु अनि मालिक यसो भन्नु हुन्छ, ‘मेरो मानिसहरू, म तिमीहरूका चिहानहरू खन्छु अनि तिमीहरूलाई बाहिर ल्याउँछु। त्यसपछि म तिमीहरूलाई इस्राएलको भूमिमा ल्याउँछु।