Ezekiel 37:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो सास तिनीहरूमा फुकेर जीवित बनाउनेछु र तिनीहरूलाई आफ्‍नै देशमा बसोबास गर्न दिनेछु। तब तिनीहरूले जान्‍नेछन् कि म परमप्रभु नै बोलेको छु। मैले गर्छु भनी दिएको वचन पूरा गरेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मेरो आत्‍मा तिमीहरूमा हालिदिनेछु र तिमीहरू बाँच्‍नेछौ। म तिमीहरूलाई तिमीहरूको आफ्‍नै देशमा बसाल्‍नेछु। तब तिमीहरूले यो जान्‍नेछौ, कि म परमप्रभुले नै यो भनेको हुँ, र मैले नै यो गरेको हुँ, परमप्रभु भन्‍नुहुन्‍छ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म मेरो आत्मा तिमीहरूमा हालिदिनेछु, र तिमीहरू जीवित हुनेछौ; अनि म तिमीहरूलाई तिमीहरूका आफ्नै देशमा बसोबास गराउनेछु, तब तिमीहरूले म याहवेहले नै भनेको हुँ भनी जान्‍नेछौ; अनि मैले नै यो गरेको हुँ, याहवेह घोषणा गर्नुहुन्छ।’ ”
Nepali ERV (पवित्र बाइबल)
म आफ्नो आत्मा तिमीहरूमा हालि दिनेछु अनि तिमीहरूलाई फेरि जीवित पार्छु। त्यसपछि तिमीहरूलाई म तिमीहरूको देशमा फेरि ल्याउँछु। त्यसपछि तिमीहरूले थाहा पाउनेछौ म परमप्रभु हुँ। तिमीहरूले जान्नेछौ मैले यो कुरा भनें अनि यस्तो हुने पारें।”‘ परमप्रभुले यसो भन्नु भएको भयो।