Ezekiel 37:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र भन्नुभयो “ए मरणशील मानिस, दुईटा काठको लट्ठी लिएर एउटा ‘यहूदा राज्य’ भन्ने शब्द लेख् र अर्को लट्ठीमा ‘इस्राएल राज्य’ लेख्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, काठको एउटा लट्ठी लिएर त्यसमा यो लेख्, ‘यहूदा र त्यसका इस्राएली सहयोगीहरू’। त्यसपछि अर्को एउटा लट्ठी लिएर त्यसमा यो लेख्, एफ्राइमको लट्ठी, जो योसेफ र त्यसका सबै इस्राएली सहयोगीहरूको हो’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, काठको एउटा लट्ठी लिएर त्यसमा लेख्, ‘यहूदा र त्यससित मिलेका अरू इस्राएलीहरू।’ त्यसपछि अर्को काठको लट्ठी लिएर त्यसमा लेख्, ‘योसेफ (एफ्राइमको लट्ठी) र त्यससित मिलेका इस्राएलका अरू सबै मानिसहरू।’
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरा! एउटा लौरो ल्याऊ अनि त्यसमा यो वचन लेख ‘यो लौरो यहूदा अनि त्यसको मित्र इस्राएलको मानिसहरूका निम्ति हो।’ त्यसपछि अर्को लौरो ल्याऊ अनि त्यसमा, ‘एप्रैमको यो लौरो, यूसुफ अनि त्यस मित्र इस्राएलको मानिसहरूका निम्ति हो।’