Ezekiel 37:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तिनीहरूलाई यसो भन्: म, सार्वभौम परमप्रभु ‘इस्राएल राज्य’ र ‘यहूदा राज्य’ लेखिएको दुवै लट्ठी जोडेर एउटै बनाई हातमा लिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तैंले तिनीहरूलाई भन्, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म योसेफ र त्यसका इस्राएली सहयोगीहरूको लट्ठी लिनेछु, जो एफ्राइमको हातमा छ, र त्यो लिएर त्यसमा यहूदाको लट्ठी जोड़िदिनेछु। यसरी म तिनीहरूलाई एउटै लट्ठी तुल्याइदिनेछु, र ती मेरो हातमा एउटै हुनेछन्।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: म योसेफको लट्ठी—एफ्राइमको हातमा भएको लट्ठी—अनि त्यससित मिलेका इस्राएलका कुलहरूको लट्ठी लिनेछु, र त्यस लठ्ठीलाई यहूदाको लठ्ठीसित जोडिदिनेछु। म तिनीहरूलाई काठको एउटै लट्ठी बनाइदिनेछु, र तिनीहरू मेरो हातमा एउटै हुनेछन्।’
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूलाई भन कि परमप्रभु अनि मालिक भन्नु हुन्छ, ‘म यूसुफको लौरो लिन्छु जुन इस्राएलको मानिसहरूको हो, जो एप्रैम अनि उसको मित्रको हातमा छ। त्यसपछि म त्यो लौरो यहूदाको लौरोसित राख्छु अनि त्यसलाई एउटै लौरो बनाउँछु। मेरो हातमा त्यो एउटा लौरो हुनेछ।’