Ezekiel 37:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि तिनीहरूलाई भन् म, सार्वभौम परमप्रभु मेरा सबै प्रजालाई, तिनीहरू गइबसेका जाति-जातिबाट निकाल्नेछु र एकसाथ भेला गरी तिनीहरूकै देशमा फर्काई ल्याउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म इस्राएलीहरूलाई तिनीहरू गएका जातिहरूबाट निकाल्नेछु। म तिनीहरूलाई चारैतिरबाट भेला गराउनेछु, र तिनीहरूलाई आफ्नै देशमा ल्याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: हेर, म इस्राएलीहरूलाई तिनीहरू निर्वासनमा गएका जातिहरूबाट फर्काएर ल्याउनेछु। म तिनीहरूलाई चारैतिरबाट भेला गर्नेछु, र तिनीहरूका आफ्नै देशमा तिनीहरूलाई फर्काएर ल्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ ‘म इस्राएलका मानिसहरूलाई त्यो राष्ट्रहरूबाट ल्याउँछु, जहाँ उनीहरू गएका छन्। म उनीहरूलाई चारैतिरबाट एकत्रित पार्छु। अनि तिनीहरूलाई तिनीहरूको आफ्नो देशमा ल्याउँछु।