Ezekiel 37:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
देशमा इस्राएलका डाँडाहरूमा म तिनीहरूलाई एउटै जाति बनाउनेछु। तिनीहरूलाई शासन गर्ने एउटै राजा हुनेछ र तिनीहरू फेरि दुई अलग जातिमा बाँडिनेछैनन् र दुई वटा राज्य हुनेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिनीहरूलाई आफ्नै देशमा, इस्राएलका पहाड़हरूमा एउटै जाति बनाउनेछु। तिनीहरू सबैमाथि एउटै राजा हुनेछ, र तिनीहरू फेरि कहिल्यै दुई अलग-अलग जाति अथवा दुई अलग-अलग राज्यमा विभक्त हुनेछैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूलाई इस्राएल देशका पर्वतहरूमा एउटै राष्ट्र बनाउनेछु। तिनीहरू सबैमाथि एउटै राजा हुनेछ; अनि तिनीहरू फेरि कहिल्यै दुई राज्यहरू हुनेछैनन्, अथवा दुई राज्यहरूमा विभाजित हुनेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
म तिनीहरूलाई इस्राएलको पर्वतहरूको देशमा एउटा राष्ट्र बनाउँछु। उनीहरू सबैको एउटा राजा हुनेछ त्यो दुईवटा राष्ट्रहरू बनिने छैन्। त्यो भविष्यमा राज्यमा बाँडिने छैन्।