Ezekiel 37:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब उप्रान्त तिनीहरूले घिनलाग्दा मूर्तिहरू पुजेर आफैंलाई बिटुलो पार्नेछैनन् वा पाप गरेर आफैं भ्रष्ट हुनेछैनन्। तिनीहरूले पाप गरेर मलाई धोका दिने सबै चालबाट म तिनीहरूलाई छुटकारा दिनेछु र म तिनीहरूलाई पवित्र गर्नेछु। तिनीहरू मेरा प्रजा हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू फेरि कहिल्यै तिनीहरूका मूर्तिहरू वा प्रतिमाहरू अथवा अरू कुनै अपराधहरूबाट आफैलाई अशुद्ध पार्नेछैनन्, किनकि म तिनीहरूका पापी चालहरूबाट तिनीहरूलाई बचाउनेछु, र तिनीहरूलाई शुद्ध पार्नेछु। तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब उसो तिनीहरूले फेरि कहिल्यै आफ्ना मूर्तिहरू वा घृणित आकृतिहरूले अथवा तिनीहरूका कुनै पनि अपराधहरूले फेरि कहिल्यै पनि आफूलाई अशुद्ध पार्नेछैनन्; किनकि म तिनीहरूका पापपूर्ण कार्यदेखि तिनीहरूलाई बचाउनेछु, र म तिनीहरूलाई शुद्ध पार्नेछु। तिनीहरू मेरा प्रजा हुनेछन्; अनि म तिनीहरूका परमेश्वर हुनेछु।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू तिनीहरूको मूर्तिसित लगातार तिनीहरू आफैलाई अशुद्ध बनाउने छन् अनि डरलाग्दा प्रतिमा अथवा केही अरू अपराध। तर म तिनीहरूलाई रक्षा गर्नेछु अनि तिनीहरू सबैलाई ती भूमिहरूदेखि जम्मा गर्नेछु जहाँ तिनीहरूले पाप गरेका थिए।