Ezekiel 37:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका पिता-पुर्खा बस्ने देश, जुन मैले मेरो सेवक याकूबलाई दिएँ, अब तिनीहरू त्यहीं बसोबास गर्नेछन्। त्यहाँ तिनीहरूका छोरा-छोरीहरू, नाति-पनातिहरू सदासर्वदा बसोबास गरिरहनेछन् र मेरो सेवक दाऊदजस्तो राजाले सदासर्वदा तिनीहरूमाथि शासन गर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले मेरो दास याकूबलाई दिएको देशमा तिनीहरू बस्नेछन्, र जहाँ तिनीहरूका पिता-पुर्खाहरू बसेका थिए। तिनीहरू र तिनीहरूका सन्तान-दरसन्तानहरू सदासर्वदा त्यहाँ बस्नेछन्, र मेरो दास दाऊद सदासर्वदाको निम्ति तिनीहरूको राजकुमार हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले मेरो सेवक याकोबलाई दिएको देशमा तिनीहरू बस्नेछन्, जुन देशमा तिमीहरूका पितापुर्खाहरू बस्थे। तिनीहरू, तिनीहरूका छोराछोरीहरू र तिनीहरूका नाति-पनातिका सन्तानहरू सदाको निम्ति त्यहाँ बस्नेछन्; अनि मेरो सेवक दावीद सदाका निम्ति तिनीहरूको राजकुमार हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू त्यो भूमिमा बस्नेछन् जुन मैले आफ्नो दास याकूबलाई दिएको थिएँ। तिनीहरूका पिता-पुर्खाहरू त्यो त्यस ठाँउमा बस्थे अनि मेरा मानिसहरू त्यहाँ बस्नेछन्। त्यो उनीहरूको नानीहरू अनि तिनीहरूको नाता-नातिनीहरू सदा-सर्वदा त्यहीं बस्नेछन् अनि मेरो दास दाऊद तिनीहरूको अगुवा भएर सदा-सर्वदा त्यहाँ बस्नेछ।