Ezekiel 37:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिनीहरूसित सुख-शान्तिको करार बाँध्नेछु। यो करार सधैँभरि तिनीहरूको सुरक्षाको निम्ति हुनेछ। म तिनीहरूलाई दिगो पार्नेछु, तिनीहरूको सङ्ख्या बढाउनेछु र तिनीहरूकै माझमा मेरो मन्दिर बनाउनेछु, जो सधैँभरि रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिनीहरूसित शान्तिको करार बाँध्नेछु, र त्यो सदासर्वदाको निम्ति हुनेछ। म तिनीहरूलाई स्थापित गर्नेछु, र म तिनीहरूको संख्या बढ़ाउनेछु, तिनीहरूका बीचमा सदासर्वदाको निम्ति म र मेरो पवित्रस्थान राख्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूसँग शान्तिको करार बाँध्नेछु; त्यो अनन्तको करार हुनेछ। म तिनीहरूलाई स्थापित गर्नेछु, र तिनीहरूका संख्या बढाइदिनेछु; अनि म मेरो पवित्रस्थान तिनीहरूको बीचमा सदाको निम्ति राख्नेछु।
Nepali ERV (पवित्र बाइबल)
म तिनीहरूसित एक शान्ति करार बाँध्नेछु। यो सन्धि सधैं रहिरहनेछ। म तिनीहरूलाई तिनीहरूको देश दिनेछु। म तिनीहरूको संख्या वृद्धि गर्नेछु। म मेरो पवित्र स्थानलाई तिनीहरूको विषयमा सदा-सर्वदा राख्नेछु।